दफा १०
संस्थागत संरचना

१०. संस्थागत संरचना

१०.१ जलवायु परिवर्तन सम्बन्धमा विद्यमान निकायहरूलाई सुदृढ वनाउने ।

१०.२ जलवायु परिवर्तन सम्बन्धी सम्पूर्ण क्रियाकलापहरूको नीतिगत समन्वय जलवायु परिवर्तन परिषद्ले र कार्यगत समन्वय वातावरण मन्त्रालयले गर्ने ।
१०.३ जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमहरूको तर्जुमा तथा कार्यान्वयन एवम् अध्ययन अनुसन्धानको लागि अर्ध–स्वायत्त प्रकृतिको प्राविधिक निकायको रूपमा जलवायु परिवर्तन केन्द्रको स्थापना गर्ने ।
१०.४ नीति तथा कार्यक्रमहरू कार्यान्वयनको लागि विद्यमान सम्बन्धित निकायहरूको कार्य विस्तार गर्ने ।
१०.५ नीति तथा कार्यक्रमहरूको कार्यान्वयनको लागि कार्य समूहहरू गठन गरी कार्य सम्पादन गर्ने ।